४ फाल्गुन २०८२, सोमबार

वाग्मती प्रदेशका कांग्रेसका चार मन्त्रीद्वारा सामूहिक राजीनामा


बहादुरसिंह लामा तामाङ

काठमाडौं । वागमती प्रदेश सरकारका चार मन्त्रीले राजिनामा दिएका छन् । आज शुक्रबार नेपाली कांग्रेसबाट बनेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

बागमती प्रदेशमा कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरिएको छ । संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्री शुक्रबार राजीनामा दिएका हुन् ।

बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए । मुख्यमन्त्री लामा बानियाँलाई हराएर संसदीय दलको नेता बनेका थिए ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

मुख्यमन्त्रीसँग बजेट वितरणसहितका विषयमा असन्तुष्ट भएर राजीनामा दिएका मन्त्रीहरु अहिले संसदीय दलको बैठकमा छन् । मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने उनीहरुको गृहकार्य रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !