काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
खडेरीको सामना गरिरहेको मधेस प्रदेशलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले मधेसका आठ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले जानकारी दिए ।
अन्न भण्डारको रूपमा चिनिएको मधेस प्रदेशमा खानेपानी र सिँचाइको चरम अभाव हुँदा जनजीवन संकटग्रस्त बनेको हो । त्यसैले अब सरकारले खानेपानी र सिँचाइका लागि आवश्यक प्रबन्धका लागि हर प्रयत्न अघि बढाउने मन्त्री चौरासियाले बताए ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगन पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन् ।
उन्ला अनुसार अब डिप बोरिङ, नदीनालाबाट पम्प गरी पानी तानेर सिँचाइको प्रबन्धसहितका सबै प्रयास अघि बढाइने भएको छ भने खानेपानीका लागि तत्काल ट्यांकरमार्फत र दीर्घकालमा वैकल्पिक व्यवस्थामार्फत प्रबन्धको प्रयत्न अघि बढाइनेछ ।












