काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा भेट हुने तय भएको भण्डारीको सचिवालयले जनाएको छ ।
भण्डारीको पार्टी सदस्यता नवीकरणबारे नै विवाद भएको बेला अध्यक्ष ओली र भण्डारीको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । पार्टीको पोलिटब्युरो कमिटी बैठकमा विवाद भएपछि अध्यक्ष ओलीलाई भण्डारीसँग वार्ता गर्न नेताहरूले सुझाव दिएका थिए ।







