२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको हो । प्रधानमन्त्री ओलीको आगामी भदौ ३१ देखि असोज १ गतेसम्म दुईदिने भारतको भ्रमण गर्ने तय भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट नेपालका प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको हो । प्रधानमन्त्री ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुने भएको छ ।

३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ । यसअघि भारत भ्रमणमा जाने इच्छा राखे पनि ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा पठाएका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु