४ फाल्गुन २०८२, सोमबार

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय हो : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् ।

ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका हुन् ।

अध्यक्ष ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पनि यस्तै निष्कर्ष र अभिव्यक्ति दिएका थिए ।

पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका विषयमा गलत भाष्य निर्माण गर्न खोजिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !