४ फाल्गुन २०८२, सोमबार

राप्रपा अध्यक्ष लिङ्देनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त


राजेन्द्र लिङ्देन र मुकुन्दश्याम गिरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई आज पदमुक्त गरेका हुन् ।

राप्रपा अध्यक्ष लिङदेनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेबारीबाट पदमुक्त गरेका हुन् । उनले गिरीलाई पार्टीको हितविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको बताइएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टी अध्यक्ष लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !