५ फाल्गुन २०८२, मंगलबार

एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष हटाउने, पदाधिकारी घटाउने प्रस्ताव


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् ।

बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।

एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी छन् । अध्यक्षसहित ३ उपाध्यक्ष , एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव संशोधित विधानमा रहेको एक नेताले नेपाल प्रेसलाई बताए । १९९ केन्द्रीय सदस्य संशोधित विधान प्रस्तावमा उल्लेख छ ।

पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !