२ फाल्गुन २०८२, शनिबार

एमालेमा विद्याको जिम्मेवारीबारे छलफल गर्न ओलीको प्रस्ताव


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीबारे छलफलको प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा भण्डारीको जिम्मेवारीबारे आवश्यक परे छलफल गर्नुपर्ने बताएका हुन् ।

एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको विषयले प्रवेश पाएको हो । पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।

‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने ।

भट्टराईले भण्डारीको जिम्मेवारीबारे पार्टीमा छलफल गरेर टुंग्याइनुपर्ने बताए । एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उनले बताए । उनले पार्टी अध्यक्ष र भण्डारीबीच छलफल होस् भन्ने चाहना रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु