४ फाल्गुन २०८२, सोमबार

खुमलटारमा प्रचण्ड र शेखरवीच दुई घण्टा कुराकानी


खुमलटारमा प्रचण्ड र शेखरवीच दुई घण्टा कुराकानी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । कांग्रेसका नेता डा. कोइरालाले आज बिहीबार अध्यक्ष ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका डा. शेखरको दुई घण्टासम्म वार्ता चलेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार, समसामयिक राजनीतिका विषयमा दुई नेताबीच वार्ता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !