५ फाल्गुन २०८२, मंगलबार

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस


सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा प्रतिवेदन पेस गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए । समितिको २५६ वटा बैठक सकिएको उनले बताए ।

सांस्कृतिक सम्पदा भाडाामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए । बेरुजुको सम्परीक्षण भइरहेको उनको भनाइ थियो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !