२ फाल्गुन २०८२, शनिबार

जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ


अशोक यादव

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने अभिव्यक्ति दिएका हुन् ।सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन् ।

उनले आफू रहे पनि नरहे पनि एक दिन मधेस नेपालबाट अलग हुने पनि भिडियोमा दाबी गरेका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’

उनले अब आउने दिनमा विद्रोह हुने सम्भावना रहेको उनको भनाई छ । जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।

मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ । प्रहरी स्रोतका अनुसार यादव भारततर्फ फरार भइसकेका छन् ।

आइतबार उनले सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र छोराको उपचारको लागि आएको दाबी गरेका थिए । सोमबार उनले अर्को भिडियो सन्देश जारी गरेका छन् । उनले यसमा बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु