२ फाल्गुन २०८२, शनिबार

केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा


केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किनेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको हो ।

केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी आज महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रूपैयाँ बैनासहित सम्झौता गरिएको हो ।

उक्त १३ करोड रूपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने विज्ञप्तिमार्फत् जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु