४ फाल्गुन २०८२, सोमबार

अध्यक्ष ओलीले तिरे एमालेको लेबी


अध्यक्ष ओलीले तिरे एमालेको लेबी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर ओलीले बुधबार दायित्व तिरेका हुन्।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए। उनले सदस्यता शुल्क र लेबी शुल्क ३ लाख ३ हजार ६ सय बुझाएका हुन्।

एमालेले मन्त्री, सांसद अथवा राजकीय पदमा नियुक्ति लिएकाबाट मासिक रूपमा लेबी उठाउने गरेको छ। राजकीय पदमा भएकाले मासिक २५००० का दरले एक वर्ष ३ लाख अनि पार्टी सदस्यतावापत मासिक ३०० का दरले एक वर्षको ३६०० लेबी बुझाउनु पर्ने हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !