५ फाल्गुन २०८२, मंगलबार

रास्वपा र राप्रपाद्वारा आजको संसद् बैठक बहिस्कार


रास्वपाद्वारा संसद्मा नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकबाट रास्वपासंगै राप्रपा पनि बाहिरिएको हो ।

आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरेतापनि उनीहरु बैठकबाट बाहिएका हुन् ।

यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।

सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे । सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !