काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ। हिजो बुधबार कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो। उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ।
हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ। चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।












