२ फाल्गुन २०८२, शनिबार

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित


रास्वपाद्वारा संसद्मा नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आज मंगलबार सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आज मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । मंगलबार बैठक सुरु भएको घोषणालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । दलहरूवीच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !