४ फाल्गुन २०८२, सोमबार

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सर्यो


विष्णुप्रसाद पौडेल

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेसम्मका लागि सरेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल गरेका हुन् ।

गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !