काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको शीर्ष नेताको छलफलमा सकिएको छ ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको अवरोध खोलेर अघि बढ्न आग्रह गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अडान प्रतिपक्षीले राखेपछि सोमबार सिंहदरबारमा शीर्ष नेताबीच छलफल भएको हो । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।












