२ फाल्गुन २०८२, शनिबार

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा


कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह रिहा भएका छन् । राजावादीको प्रदर्शनका राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद सिंहसहित पक्राउ परेका आठ जनामध्ये ७ जनालाई रिहा भएका हुन् ।

आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष थापा, राप्रपा सांसद सिंहसहित ७ जना रिहा भएका हुन् । आज दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूले भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रहरीले उनीहरूलाई प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । आज राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेको पाइएकोले मुद्दा चलाउने प्रहरीको तयारी छ ।

रिहापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अफिस धुम्बाराहीमा दुवैसँग भेटघाट गरेका छन् । दुवै नेता पक्राउको विरोधमा राप्रपा र राप्रपा नेपालले आपत्ति जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु