१ फाल्गुन २०८२, शुक्रबार

राप्रपा नेपालद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन


राप्रपा नेपालद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेको छ । पार्टी अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेपछि राप्रपा नेपालका कार्यकर्ताहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला दहन गरेका हुन् ।

राजावादीहरूको आन्दोलनका क्रममा आज आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् । शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रहरीले थापा र सिंहलाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु