३ फाल्गुन २०८२, आइतबार

कमल थापासहित को-को परे पक्राउ ?


कमल थापासहित को-को परे पक्राउ ?

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए ।

यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना र रौतहट घर भएका हिन्दुबादी अभियन्ता डा. राजीव झा रहेका छन् ।

राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !