काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।
विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने निर्णय गरेका छन् । विपक्षी दलको बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको हो ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । यद्यपि गृहमन्त्रीको राजीनामाको पक्षमा राप्रपा भएपनि उसलाई भने बोलाइएन् ।
यता सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । आज बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।












