३ फाल्गुन २०८२, आइतबार

गृहमन्त्रीले राजीनामा नदिने, सदनमा जवाफ दिने बालुवाटार बैठकको निष्कर्ष


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । आज बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । आज बुधबार बालुवाटारमा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्री ओलीसँगको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको हो । आजको सदनमा गृहमन्त्री रमेश लेखकले सदन र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए । ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् ।

बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !