२ फाल्गुन २०८२, शनिबार

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण, पाए सचिवको जिम्मेवारी


गंगानारायण श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । आज सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले सहमति नजनाएपछि श्रेष्ठ पक्ष माओवादीमा समाहित भएको हो ।

श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् ।

२०७२ साल असोज ९ गते डा. भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएदेखि माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !