फाइल फोटो काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।
गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ ।
सापकोटाले भने, “पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्ने पार्टीले निष्कर्ष निकालेको छ । जति ढिला भयो उति साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष हो ।”












