४ फाल्गुन २०८२, सोमबार

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको दाबी


रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको दाबी गरेको छ । आज सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक संलग्न नरहेको निष्कर्ष निकालेको हो ।

पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । बैठक राजीनामामा प्रवेश नगरेको महतको भनाइ छ । महतका अनुसार, बैठकमा गृहमन्त्री लेखकले आफ्नो कुनै संलग्न नरहेको बताएका थिए ।

आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !