काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकापा (एमाले) का शीर्ष नेताहरूवीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका नेताहरूबीच आज छलफल भएको हो ।
बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको छ ।












