२ फाल्गुन २०८२, शनिबार

विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा : एमाले


एमालेको सचिवालय बैठक एमाले केन्द्रीय सचिवालयको बैठक सहभागी ललितपुर, ११ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय च्यासलमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकमा सहभागी सदस्यहरु । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवलाय÷रासस

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमणमा गएका बताएका छन् । आइतबार बसेको एमालेको सचिवालय बैठकपछि उनले भण्डारी एमाले आन्दोलनको नेता भएकाले पनि भ्रमण दलमा पार्टीका नेताहरु सहभागी भएको उल्लेख गरे।

एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । देशभरका सबै पालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

बैठकले गणतन्त्रलाई सबल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए । उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।

भण्डारी मन्त्री र एमाले नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राती चीन प्रस्थान गरेकी थिइन्। भ्रमण दलमा नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, कर्णबहादुर थापासहितका नेताहरू छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु