२ फाल्गुन २०८२, शनिबार

गृहमन्त्रीलाई रास्वपाको जवाफ : प्रमाणित भए जेल जानुपर्छ


रास्वपाको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले प्रमाणित भए राजनीति छाड्ने नभई जेल जानुपर्ने बताएको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको बताएको हो ।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले बताएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताए ।

झाले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छाड्छु भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै प्रमाणित भए जेल जानुपर्ने र त्यसवेला राजनीति स्वाभाविक रूपमा छोडिने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !