काठमाडौं । नवनियुक्त नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेस भएको हो ।
अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था विपरित राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा गर्भनर नियुक्त गरिएको भन्दै रिट पेस भएको हो ।
उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।
उनका अनुसार नेपाल राष्ट्र बैंकको गर्भनर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।












