४ फाल्गुन २०८२, सोमबार

गर्भनर नियुक्त गर्न सुरू भयो मन्त्रिपरिषद बैठक


मन्त्रिपरिषद्‌को बैठक

काठमाडौँ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । आज मंगलबार साँझ बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो ।

केही बेरअघि सुरू भएको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने प्रवल सम्भावना रहेको छ । गभर्नर सिफारिस समितिले अर्थविद् डा. विश्व पौडेलको नाम पहिलो नम्वरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ ।

आज मंगलबार अर्थ मन्त्रालयमा बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । पहिलो नम्बरमा प्रा. डा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई अर्थमन्त्री बनाउनेबारे छलफल भएको थियो । महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएयता राष्ट्र बैंकमा गभर्नर रिक्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !