५ फाल्गुन २०८२, मंगलबार

पहिलो नम्बरमा पौडेलको नाम राखेर गभर्नरका लागि तीन जना सिफारिस


गभर्नर सिफारिस समितिको बैठक जारी

काठमाडौं । गभर्नर सिफारिस समितिले अर्थविद् डा. विश्व पौडेलको नाम पहिलो नम्वरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । आज मंगलबार अर्थ मन्त्रालयमा बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

पहिलो नम्बरमा प्रा. डा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् । अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका डा. विश्व पौडेललाई गभर्नर बनाउन सहमति जुटेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।

वैशाख २९ गते र आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् । आजै मन्त्रिपरिषदको बैठक बस्दैछ । सोही बैठकले गभर्नर नियुक्ति गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !