१० फाल्गुन २०८२, आइतबार

गभर्नर नियुक्तिमा रस्साकस्सी : ओली भेट्न गएनन् देउवा


शेरबहादुर देउवा र केपी ओली

काठमाडौँ । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) वीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा रस्साकस्सी देखिएको छ । सत्तारुढ दुई दलका शीर्ष नेतावीच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी जारी रहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भनेर साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएतापनि देउवा ओलीलाई भेट्न गएनन् ।

कांग्रेस र एमालेवीच गभर्नरमा कांग्रेस निकट प्रा. डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको भनिएतापनि हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।

सरकारले गत चैत २४ गते देखि रिक्त राष्ट्र बैंक गभर्नरमा नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य भएको सिफारिस समिति बनाएको छ ।

सिफारिस समितिले व्यक्तिको विवरण अध्ययन नगरी नाम सिफारिस नगर्ने अडान राखेको छ । राजनीतिक सहमति भए पनि समितिको काम नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेपछि सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !