काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
दुई शीर्ष नेताहरुबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ । यो भेटले नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको हो ।












