फाइल फोटो काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन् । खुमलटारस्थित आफ्नो निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन् ।
सुत्न जानुअघि शौचालय जाँदा लडेर उनको टाउकोमा उनको चोट लागेको सचिवालयले जनाएको छ । मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।
राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अहिले अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।












