काठमाडौँ । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसदहरूले प्रिशाको मृत्युलाई लिएर ध्यानाकर्षण गराएपछि उनले सरकारलाई यस्तो रुलिङ गरेका हुन् ।
उनले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश समेत गरेका छन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।
साथै उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न सरकारलाई अपिल गरे ।












