३ फाल्गुन २०८२, आइतबार

रेशम पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी


लालवीर चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नाउपाले संरक्षक चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन् । लालवीरले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।

उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइएको बताए ।त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !