३ फाल्गुन २०८२, आइतबार

यस्तो छ आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


रामचन्द्र पौडेल

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य, धौवादी फलाम कम्पनी र सेजलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन, महिला बेचबिखन तथा ओसारपसरामा शून्य सहनशीलता, सगरमाथा संवादअघि जनमत सङ्कलन अभियान सुरु, आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी, सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता, ‘जेन्जी’ पुस्तालाई लक्षित गरी ‘स्टार्टअप’ कार्यक्रम सुरु गरिने लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।

यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !