७ फाल्गुन २०८२, बिहिबार

महिला बेचबिखन तथा ओसारपसरामा शून्य सहनशीलता अपनाइने


रामचन्द्र पौडेल

काठमाडौँ । सरकारले महिलाविरुद्ध हुने शोषण, हिंसा र भेदभाव अन्त्य गर्ने उद्देश्यले महिला बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेले भने, “मानव बेचबिखन तथा ओसारपसारमा शून्य सहनशीलता अपनाउँदै लैङ्गिक हिंसापीडितका लागि तत्काल संरक्षण, उद्धार र मनोसामाजिक परामर्श र न्यायिक निरुपण र पीडकलाई कडा कारबाही गरी पीडितको समाजमा पुनःस्थापना गरिनेछ ।” महिलाको सर्वाङ्गीण उत्थान र सवलीकरणमा विशेष ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !