३ फाल्गुन २०८२, आइतबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !