काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर तीनकुने हिंसाका सम्बन्धमा सोधपुछ गर्नुपर्ने प्रस्ताव कांग्रेस सांसदले गरेका छन् ।
संसदीय समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका हुन् ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए । कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ थियो ।













