१६ बैशाख २०८२, मंगलबार

नागरिक एप निर्देशिका खारेज गर्ने सरकारको निर्णय


पृथ्वीसुब्बा गुरुङ

काठमाडाैं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक एप निर्देशिका खारेज गर्ने निर्णय गरेको हो ।

हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै गृह मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

बैठकले नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !