५ बैशाख २०८२, शुक्रबार

रवि लामिछाने भैरहवा कारागार चलान


रवि लामिछाने

बुटवल । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई आज सोमबार भैरहवा कारागार पठाएको हो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई सबै अदालती प्रक्रिया पुर्याएर भैरहवा कारागार पठाइएको हो । लामिछानेलाई अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै राखिने छ ।

गत शनिबार र हिजो आइतबार सार्वजनिक विदा भएकोले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । लामिछानेलाई आज सोमबार अदालत खुलेपछि पेस गरेपछि उनलाई कारागार पठाइएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी शुक्रबार राती नै पक्राउ परेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !