४ फाल्गुन २०८२, सोमबार

राजतन्त्र फर्किन सम्भव छैन : रक्षामन्त्री राई


मानविर राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन् ।

आज शनिवार काठमाडौँमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राईले इतिहासले तत्कालीन राजालाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरू पनि आन्दोलनबाट फालिएको उल्लेख गरेका हुन् ।

उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पुर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताए । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए ।

रक्षामन्त्री राईले भने, ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरू फाल्यो ।

मन्त्री राईले इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदै छ । हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले कहिल्यै खोजेनौँ भन्दै बरू अलिअलि बारहरूसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ, पत्रकारहरूलाई आगो लगाएनौँ, पत्रकार र पत्रपत्रिका उद्योगमाथि आगो लगाएनौँ, मान्छेलाई जिउँदो जलाएनौँ, हामीले लुट मच्चाएनौँ । तर, आज त यस्तो खालको अराजकता देखा पर्दैछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !