
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । हिजो शुक्रबार राती पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका लामिछानेलाई आज रूपन्देही लगिने भएको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा लामिछानेलाई हिजो शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटस्थित उनको निवासबाट पक्राउ गरिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी हिजै राती नै पक्राउ परेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको थियो । यद्यपि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।