२८ चैत्र २०८१, बिहीबार

छविलाल जोशीलाई पनि थुनामा पठाउने अदालतको आदेश


छविलाल जोशी

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज जोशीलाई थुनामा पठाउने आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई थुनामा पठाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई थुनामा पठाउने आदेश गरेको हो ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !