२८ चैत्र २०८१, बिहीबार

देशको हितका लागि राजनीतिमा आउने कुलमानको संकेत


कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त गरिएका कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा आउने संकेत गरेका छन् ।

आज शुक्रबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताएका हुन् ।

पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै कूटनीतिक जवाफ दिंदै उनले भने,‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु ।’

उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए । आगामी दिनमा उनले आफूमाथि प्रहार भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताए ।

घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गरेको भन्दै यसमा सफल भएकोमा केही व्यक्तिले सफल ठानेको पनि बताए ।

आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !