
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीवीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
विशेष गरी ओलीसँग भारतीय पक्ष असन्तुष्ट रहेको चर्चा हुने गर्छ । पछिल्लोपटक प्रधानमन्त्री भइसकेपछि ओलीलाई भारतले औपचारिक निमन्त्रणा दिएको छैन ।