२८ चैत्र २०८१, बिहीबार

मधेसकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा


संघीय लोकतान्त्रिक मोर्चा

काठमाडौँ । मधेसकेन्द्रित सात दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। आज बिहीबार काठमाडौंमा कार्यक्रम गरेर उनीहरूले संविधान संशोधन, गणतन्त्रको रक्षा, सुशासनबारे आवाज बलियो बनाउन मोर्चाको घोषणा गरेका हुन् ।

कार्यक्रममा उपेन्द्र यादवले नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवाद पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई-मधेस लोकतान्त्रिक पार्टी सहभागी थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !