
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यकक्षमा पुगेर हाजिर गरेका छन् । आज बिहीबार तनावबीच उनी कार्यालय पुगेका थिए ।
महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन् । मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले बताए । उनी महानगरकै वातावरण व्यवस्थापन विभागको गाडीमा चढेर मन्त्रालयतर्फ लागे ।
उनको गाडीमा महानगरको नगर प्रहरी बलले ‘ह्वील लक’ लगाएको छ । नगर प्रहरीले लगाएको ताला फोडेर उनी कार्यकक्षमा प्रवेश गरेका थिए । उक्त ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो ।